बागलुङको नाटकीय जितसँगै मुख्यमन्त्री भलिबलको फाइनलमा

पाेखरा | फागुन २, २०७९

बागलुङको नाटकीय जितसँगै मुख्यमन्त्री भलिबलको फाइनलमा photo Reezan Magar

पोखरा:   जिल्ला भलिबल संघ बागलुङले नाटकीय जित निकाल्दै गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपमा पुरुषतर्फ फाइनलको यात्रा तय गरेको छ । 


स्याङ्जाको वालिङमा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपको पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै फाइलनमा स्थान पक्का गरेको हो । 


बागलुङले शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै नाटकीय जित निकालेको हो । पहिलो र दोस्रो सेट क्रमशः १८–२५ र २३–२५ ले गुमाएको बागलुङले तेस्रो सेट २५–१५, २५–१९ र पाचौं तथा निर्णायक सेट १७–१५ अङ्कले जित्दै मुख्यमन्त्री भलिबल कपको फाइनलमा प्रवेश गरेको हो । 


जिल्ला भलिबल संघ बागलुङले अब फाइनलमा जिल्ला भलिबल संघ पर्वत र नवलपुरबीच हुने विजेता टोलीसँग खेल्नेछ । 


्यस्तै महिला तर्फ भने जिल्ला भलिबल संघ म्याग्दी र पर्वत फाइनल प्रवेश गरेका छन् । जिल्ला भलिबल संघ म्याग्दीले स्याङ्जालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने पर्वतले जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो ।

 
प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही २० हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् । 


गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ । 

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्